सौगात मल्ल र दिया पुन अभिनित ‘मन्त्र’को टिजर सार्वजनिक (भिडियो)

सौगात मल्ल र दिया पुन अभिनित चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर टिजर गरिएको हो । ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चमनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम बिश्वस्त रहेको छ ।

चलचित्रमा सौगात मल्ल, बुद्दि तामांङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ ।खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ ।

मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

Namaste Filmy

Read Previous

रवीन कन्दङ्वाको स्वरमा मार्मिक गीत ‘मेरो सपनाको भारी’ सार्वजनिक (भिडियो)

Read Next

दक्षिण भारतीय अभिनेता विजयको घरमा छापा,६५ करोड भारु जफत