नायिका आँचल शर्माको फागुन २९ गते प्रेमी डा. उदिप श्रेष्ठसँग बिहे हुदै

बिहेको तयारीमा रहेकी नायिका आँचल शर्माको बिहे मिति तय भएको छ । आउँदो फागुन २९ गते डा. उदिप श्रेष्ठसँग आँचलको बिहे हुने पक्का भएको हो ।गत बर्ष देखी प्रेममा रहका आँचल र उदिपको फागुन २९मा बिहे हुने पारिवारीक सदश्यले बताए ।

राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा धुमधामका साथ बिहे हुनेछ । फागुन ३० गते डा. उदिपले होटल हायातमा भब्य रिसेप्सनको आयोजना गरेका छन् । उक्त रिसेप्सनमा चलचित्र क्षेत्रका कलाकार हुन्छन् या हुँदैनन् खुलाइएको छैन ।

‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा पुगेकी आँचल शर्मा नेपालकी चर्चित नायिका मध्य एकमा पर्दछिन्।

Namaste Filmy

Read Previous

क्रिकेट रंगशालामा सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन

Read Next

निर्देशक सूर्य बोहराले बनाउने भए ‘ओह प्रिया’