चलचित्र ‘कुर्वान’ को झापाको सुटिंग सोमबार सकिदै, आजै युनिट काठमाण्डौ फर्कदै

[dropcap]बे[/dropcap]दप्रसाद भुर्तेलको निर्देशन रहेको चलचित्र ‘कुर्वान’को अहिले झापाको विभिन्न ठाउमा धमाधम छायांकन भईरहेको छ ।साइनिङ मून फिल्मसको प्रस्तुतीमा युवा निर्माताहरु प्रेम तामाङ र राकेश गिरिले मिलेर निर्माण गरेको चलचित्र ‘कुर्वान’को चौध दिनको सुटिंग पछि सोमबार झापाको सुटिंग सकेर चलचित्र युनिट बाकी छायांकनको लागि काठमाण्डौ फर्कदै छ ।

10345024_1420811818190064_342156342_nझापाको विभिन्न रमणीय ठाउमा चलचित्र छायांकन गरिएको र अहिले सम्म चलचित्र एकदम राम्रो भनेको भन्दै चलचित्रका निर्माता प्रेम तामाङ निर्देशक बेदप्रसाद भुर्तेलको काम बाट आफु पूर्ण सन्तुष्ट रहेको बताए।काठमाण्डौ फर्के लगतै चलचित्रको बाकी सुटिंग सुरु गरिने छ । अभय चन्द ,प्रज्जवल गिरी, सोनिया शर्मा, जैन कुँवर ,उमेश उप्रेती, पुस्कर भट्ट आदिको अभिनय रहेको चलचित्र ‘कुर्वान’ टंक बुढाथोकीको संगीत , मदन कश्यप घिमिरेको छायांकन , चन्द्र पन्तको द्धन्द,तथा कविराज गहतराजको नृत्य रहेको छ ।चारवट गीत समावेश गरिएको चलचित्र ‘कुर्वान’ एक्सन प्रधान चलचित्र हो ।

10312584_638237426247060_4871653147297990347_nकरिब ५५ लाखको लगानी रहने चलचित्र ‘कुर्वान’लाई तिहारमा रिलिज गर्ने योजना रहेको निर्माता प्रेम तामाङले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।रोचक कुरा के छ भने यी चलचित्रका निर्माताहरु उमेरमा बिस वर्ष पनि पुगेका छैन् यस्ता युवा निर्माताले निर्माण गरेको चलचित्र राम्रो सग चलेको अवस्थामा भोलिका दिनमा निरन्तर चलचित्र निर्माण गर्ने चलचित्रका निर्माता प्रेम तामाङले नमस्ते फिल्मीलाई बताउनुभयो  ।

532251_304178726400895_1290644829_n

Namaste Filmy

Read Previous

नयां लुक्समा 'टाइगर द रियल हिरो' ।

Read Next

सेन्सरले पिजी दियो प्रियंकाको 'आवरण'लाई ।