गायक गणेश न्यौपानेको गीत ‘आज भोलि’ को भिडियो सार्वजनिक

गायक गणेश न्यौपानेको नयाँ गीत ‘आज भोलि’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेशकुमार क्षेत्रीको शब्द र संगीत छ । भिडियोमा साहुको ऋण तिर्न सहर गएको एक युवाको वेदना प्रस्तुत गरिएको छ ।

समन अधिकारी निर्देशित भिडियोमा नीर शाह, शोभित बस्नेत, सपना श्रेष्ठ, निराजन प्रधान, सुप्रिया कटवाल, नग्मा श्रेष्ठ, काव्या कार्की र खम्बेको अभिनय छ । रेस्क्यू क्रिएसनको व्यानरमा निर्माण भएको भिडियोमा अमृता समाल न्यौपानेको लगानी छ । गीतमा फणिन्द्र राईको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा दिया रिजालको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, फराज अर्पणको क्यामरा तथा सम्पादन छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Namaste Filmy

Read Previous

‘धुलो’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक ,फागुन १६मा रिलिज हुने

Read Next

चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी