‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ गीत सार्वजनिक (भिडियो)

हास्यकलाकार शिवहरी पौड्यालको निर्देशन रहेको चलचित्र ‘लक्का जवान’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मुसुक्कै हाँसन माया’ बोल सार्वजनिक गीतमा बाबुल गिरीको शब्द र संगीत छ । लोकगीतमा बाबुलसँगै जुनु रिजाल काफ्लेले आवाज दिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

गीतमा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड छन् ।चलचित्रमा डेब्यु निर्देशक पौड्यालकै कथा, पटकथा र संवाद छ । चलचित्रमा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता अनसुया श्रेष्ठ ओन्ता हुन् । भने, सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ छन् ।चैत २१ गते रिलिज हुने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ ।

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी

Read Next

बसले ठक्करवाट नायिकाको मृत्यु