बसले ठक्करवाट नायिकाको मृत्यु

नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । बुधबार साँझ ६ बजे उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिदा उनि संगै उनकी वहिनी सर्मिलाको पनि ज्यान गएको हो ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लो लगायत चलचित्रमा काम गरेकी थिइन् । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी महिमा सवार स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

काठमाडौँबाट चितवन घर जाँदै गर्दा भएको दुर्घटनामा महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

 

 

Namaste Filmy

Read Previous

‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ गीत सार्वजनिक (भिडियो)

Read Next

पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (भिडियो)