पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक गरिएको छ।लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रको बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल,गणेश गिरि लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
फागुन ३० गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रले सांगीतिक प्रेम कथा वाचन गर्छ।बिहीबार सार्वजनिक चलचित्रको ट्रेलर कलरफूल छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेममा आउने उतार–चढावलाई देखाईएको छ।

‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन्। जन्मजय साम्पाङ राई चलचित्रको सह–निर्माताको रुपमा छन्। निर्देशक थापाकै कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्। सौरभ लामाले खिचेको चलचित्र छायांकनको जिम्मेवारी बनिष शाह र मिलन श्रेष्ठले पाएका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत छ।‘म यस्तो गीत गाउँछु २’मार्फत पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका हुन्।

Namaste Filmy

Read Previous

बसले ठक्करवाट नायिकाको मृत्यु

Read Next

दुर्घटनामा मृत्यु भएकी नायीकाको,देवघाटमा अन्त्येष्टि, (पुरा भिडियोसहित)