आकाश र पूजा अभिनित चलचित्र ‘सम्झना विर्सना’ को फस्टलुक सार्वजनिक

आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित चलचित्र ‘सम्झना विर्सना’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रको फस्टलुकमा आकाश र पूजालाई स्थान दिइएको छ ।पोस्टरमा घोडामा चढेकी पूजालाई आकाशले प्रेम भावले हेरेका छन् ।

चलचित्र आउँदो बर्षको जेठ २ गतेबाट रिलिज हुने भएको छ । आकाश र पूजा अभिनित चलचित्र ‘रामकहानी र पोई पर्यो काले’मात्र रिलिज भैसकेका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति आउँदो बर्षको तीजलाई तय गरिएको छ ।

चलचित्र ‘सम्झना विर्सना’लाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।चलचित्र ‘सम्झना विर्सना’मा नायिका छुल्ठिम गुरुङ, कलाकार शिशिर राणाको पनि मुख्य भूमिका छ । भारतको सिलगुडी, सिक्किम, दार्जिलिङ लगायतका स्थानमा यो चलचित्र खिचिएको हो ।

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार टिमसग चलचित्र ‘सेन्टी भाइरस’ टिम ७ विकेटले पराजित (भिडियो)

Read Next

अनमोल केसी र सुहाना थापाको ‘ए मेरो हजुर ४’ कार्तिक ७ मा रिलिज हुने