अनमोल केसी र सुहाना थापाको ‘ए मेरो हजुर ४’ कार्तिक ७ मा रिलिज हुने

सुपरस्टार अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्र आगामी बर्षको कार्तिक ७गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्देशक झरना थापालेजानकारी दिएकी छन् ।

चलचित्र ‘ए मेरो हजुर ४’अनमोल केसी, सुहाना थापा ,सलोन बस्नेत र एक जनावर ‘कोको’ समेत समेत हुने बताएकी छन् ।चलचित्र यहि फागुन १३ बाट छायांकनमा जादै छ ।यस चलचित्रमा नायक केसीले समेत पहिलो पटक एक नायिका संग दोहोर्याएर पहिलो पटक काम गरेका छन् ।

सुनिलकुमार थापाको निर्माण रहने चलचित्र ‘ए मेरो हजुर ४’प्रेमकथा मै बन्ने छ ।चलचित्रमा बसन्त सापकोटाको संगीत रहने छ ।यसको छायांकन नेपालसंगै ओमान र नेदरल्याण्डमा हुनेछ निर्माण युनिटले बताएको छ ।

Namaste Filmy

Read Previous

आकाश र पूजा अभिनित चलचित्र ‘सम्झना विर्सना’ को फस्टलुक सार्वजनिक

Read Next

अभिनेत्री रेखा थापाले डान्स बारमा गीत गाउदै (भिडियो)