


गायक भुवन प्यासीको देशभक्ति गीत ‘तिमी आऊ न बुद्ध‘’ सार्वजनिक भएको छ । ‘माईली’, ‘हल्का हल्का’, ट्राफिक जाम’ जस्ता चर्चीत गीत गायका गायक प्यासीले नयाँ देशभक्ति गीत ल्याएका हुन् । सुशिलराज रेग्मीको शब्द, राजेन्द्र बजगाईंको सङ्गीत र अर्जुन पोख्ररेलको एरेन्ज रहेको गीतको भिडियोलाई उनले आफ्नै युटुव च्यानलवाट सार्वजनिक गरेका हुन् ।

थुम्सीको गुम्बा परिसरमा छायाँकन गरिएको गीतलाई जीवन शाहीले निर्देशन गरेका हुन् । भिडियोमा भुवनसँगै अवि खनाल र समृद्धि पौडेलको अभिनय रहेको छ । नवराज उप्रेतीको छयाँकन रहेको भिडियोमाम नवीन निरौलाको सम्पादन रहेको छ ।
भुवनले यसअघि ‘हे बरै’ गीत स्रोतारदर्शकमाझ ल्याएका थिए । विशेषगरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै ‘हे बरै’ गीत बजारमा लिएर आएका थिए । उनका ‘माईली’, ‘हल्का हल्का’, ट्राफिक जाम’ जस्ता गीत स्रोतारदर्शकमाझ लोकप्रिय रहेका छन् ।
