चलचित्र ‘सेन्टी भाइरस’को ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत सार्वजनिक (भिडियो)

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गरिएको गीतमा प्रमोद खरेल र विद्या मन्जु तिवारीको स्वर रहेको छ ।हर्क साउद शब्द रचित गीतमा सुशान्त गौतमको संगीत छ ।

सार्वजनिक गीतमा चलचित्रकाका मुख्य कलाकार कुञ्जना घिमिरे, विल्सनविक्रम राई, सन्दीप क्षेत्री, एलिश राईलगायत फिचर्ड छन् । आफ्नो पार्टीलाई जिताउन कार्यकर्ताले खेल्ने भूमिका र नेताहरुले देखाउने व्यवहारलाई गीतमा उतारिएको छ ।दीपक आचार्यले निर्देशन गरेको भिडियोमा एलिश राईको कोरियोग्राफी छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।

फागुन ९ गते रिलिज हुने चलचित्र ‘सेन्टी भाइरस’चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग रकम जुटाउन धुर्मुस-सुन्तलीले निर्माण गरेका हुन् । जसको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ ।

चलचित्र को लेखन कुमार कट्टेल र दीपक आचार्यले गरेका हुन् । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’लाई डिन्डू लामा ह्याल्मोले निर्माण गरेका हुन् । चलचित्रमा फुर्पा ह्याल्मोको पनि लगानी रहेको छ ।

Namaste Filmy

Read Previous

बुद्धलाई गुहार माग्दै गायक भुवन प्यासी (भिडियो सहित)

Read Next

प्रियंका र आयुस्मानको फागुनमा १५ मा बिहे हुने पक्का