सुदर्शन र पुजाको रोमान्स, 'अझै पनि' । फोटो फिचर ।

[dropcap]वि[/dropcap]शुद्ध गाउले कथावस्तु समेटिएको फिल्म अझै पनि को हाल धमाधम छयांकन भइरहेको छ । विगत १५ दिनदेखि काठमण्डौ धर्मस्थलीको विभिन्न ग्रामिण भेगमा फिल्मको सुटिङ चलिरहेको हो । फिल्मलाई निर्देशक आलोक नेम्वाङले निर्देशन गरिरहेका छन ।ajhai pani2यसअघि फिल्म निर्देशकको परिचय बनाएर चर्चा बटुलिसकेका सुदर्शन थापा यस फिल्ममा मुख्य अभिनेताका हुन । थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सन र कस्ट्युम डिजाइनर पुनम गौतम ले फिल्ममा लगानी गरेका छन । त्यस्तै सुदर्शनका अलवा फिल्ममा पुष्प खड्का, विशाल ढुंगाना, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल र विपना धिमाल लगायतको अभिनय रहने छ । ajhai pani5फिल्मको निर्देशक नेम्वाङका अनुसार करिब १५ सिन र एक गीतको सूट भइसकेको छ । उनले विगतका फिल्महरु भन्दा यो फिल्म निर्देशन गर्न निकै सहज लागिरहेको पनि बताए ।

फिल्ममा अभिनेता विजय लामा, अभिनेत्री मिथिला शर्मा संगै रामशरण पाठकको पनि बिशेष भुमिका छ । स्मरण रहोस अभिनेता लामा र निर्देशक नेम्वाङ साला भेना हुन । फिल्मको छयांकन भने राजेश श्रेष्ठले गरिरहेका छन ।

ajhai pani ajhai pani6 ajhai pani3 ajhai pani1 ajhai pani4

Namaste Filmy

Read Previous

सेन्सरले पिजी दियो प्रियंकाको 'आवरण'लाई ।

Read Next

जैकि श्राफ र टाइगर श्राफ बीच भिडन्त हुदै ।