सामुहिक क्रियापुत्री भवन निर्माणको लागि चितवनमा चलचित्र ‘आमा’ को च्यारिटी सो

विश्वकर्मा सेवा समिति चितवनद्वारा निर्माणाधिन सामुहिक क्रियापुत्री भवन तथा सभाहलका लागि सहयोग जुटाउन चलचित्र ‘आमा’ को च्यारिटी सो सम्पन्न भएको छ । विश्वकर्मा सेवा समिति र विश्वकर्मा सर्वोदय उपसना मन्दिर नारायणगढको संयुक्त आयोजनामा आज (बिहिबार) चलचित्र ‘आमा’ च्यारिटी सो सम्पन्न भएको हो ।

ईन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा भएको च्यारिटी सो मा करिब ५ सय जना दर्शकहरुको उपस्थिती रहेको विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले जानकारी दिए । आज साँझ सम्पन्न च्यारिटी सो बाट सबै खर्च कटाएर करिब ३ लाख रुपैँया क्रियापुत्री भवन तथा सभाहल निर्माणका लागि जुट्ने अनुमान गरिएको रामुदामुले बताए ।

क्रियापुत्री भवन सामाजिक कार्यको लागि प्रयोग हुने भएकोले सामाजिक कथाबस्तुमा आधारित चलचित्र ‘आमा’ को नै च्यारिटी सो गरिएको उनले बताए । उक्त क्रियापुत्री भवन निर्माणका लागि यस अघी पनि चलचित्र ‘सुन पानी’ को च्यारिटी सो गरिएको थियो ।

करिब ६० लाखको लागतमा सम्पन्न गर्ने गरी विश्वकर्मा सेवा समिति तथा विश्वकर्मा सर्वोदय उपसना मन्दिरले भरतपुर एक लीलाचोकमा सामुहिक क्रियापुत्री भवन तथा सभाहल निर्माण गरिरहेको छ । क्रियापुत्री भवनको करिब ८० प्रतिशत निर्माण सम्पन्न भईसकेको छ । क्रियापुत्री भवन निर्माणका लागि स्थानिय व्यवसायीहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् ।

Read Previous

स्मिता दाहालको ‘कमेरोले पोतेको ’गीतको भिडियोमा सरोज ,आश्मा र जिवेश

Read Next

फ्राइडे रिलिज :चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा