फ्राइडे रिलिज :चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘सेन्टी भाइरस’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएको छ।चलचित्र‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्र ‘सेन्टी भाइरस’ मा चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ , कुञ्जना घिमिरे ‘सुन्तली’ दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,सदिप क्षेत्री , पवन खतिवडा , अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।फूर्पा लामा चलचित्रका सह-निर्माता हुन् ।श्रीमान्-श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ ।

‘आमा’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘आमा’ पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘आमा’ लाई दीपेन्द्र के. खनाललेले निर्देशन गरेका हुन् ।

चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा छन्।त्यस्तै सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको चलचित्रमा अभिनय रहेको छ।

डि.एस.डिजिटलको प्रस्तुतीमा‘आमा’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । काठमाण्डौ र रामेछापको लोकेशनमा छायांकन गरिएको यस चलचित्रमा सह–निर्माता सन्तोष अधिकारी हुन् । कथासंगै छायांकन पनि दीपेन्द्र स्वयंमको रहेको चलचित्रलाई ७१ दिन लगाएर छायांकन गरिएको चलचित्रको अधिकांश दृश्य पानीमा खिचिएको छ।

Namaste Filmy

Read Previous

सामुहिक क्रियापुत्री भवन निर्माणको लागि चितवनमा चलचित्र ‘आमा’ को च्यारिटी सो

Read Next

परदेशी २’ को शुभ मुहूर्त