चलचित्र ‘सेन्टी भाइरस’ को बम्पर ओपनिङ,पहिलो दिन १ करोड १२ लाखको कलेक्सन

आज शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’ ले बम्पर ओपनिङ गरेको छ ।चलचित्र ‘सेन्टी भाइरस’ ले पहिलो दिनमा नै देशभरिका अधिकांश हलमा हाउसफुलको ब्यापार गरेको छ ।चलचित्र ‘सेन्टी भाइरस’ले पहिलो दिन निया १ करोड १२ लाखको कलेक्सन गरेका छ ।चलचित्रले काठमाडौं ५९ लाख र मोफसलमा ५३ कलेक्सन गरेको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ।

काठमाडौं र मोफसलका हलहरुमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ ।मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको छ ।काठमाडौंको मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा हाउसफुलको व्यापार भएको छ ।चलचित्र ‘छ माया छपक्कै’पछि सुनसान सिनेमा घरमा चलचित्र ‘सेन्टी भाइरस’ रिलिज सगै चहल बढेको हो ।

यता मोफसलमा चितवन,पोखरा ,हेटौडा,बुटवल,धरान लगायत चलचित्रले हाउसफुलको ब्यापार गरेको छ ।चलचित्रले मोफसलको चितवनमा निकै आक्रामक ओपनिङ गरेको छ ।पहिलो दिनमा नै चितवनमा ९ लाख बढीको व्यापार गरेको छ ।चलचित्रको दर्शक प्रतिक्रिया सकारात्मक भएकोले चलचित्रले भोलिको दिनमा आझै राम्रो व्यापार गर्ने देखिएको छ ।

चलचित्र‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।चलचित्र ‘सेन्टी भाइरस’ मा चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ , कुञ्जना घिमिरे ‘सुन्तली’ दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,सदिप क्षेत्री , पवन खतिवडा , अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।फूर्पा लामा चलचित्रका सह-निर्माता हुन् ।श्रीमान्-श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को शिर्ष गीत सार्वजनिक(भिडियो)

Read Next

फुर्वा दोर्जे र साबित्रा थिङ अभिनित ‘इन्काउन्टर’ को ‘आई लभ यु ‘ गीत सार्वजनिक (भिडियो)