धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ ले दुई दिनमा कमायो २ करोड ४७ लाख

शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’ ले सानदार कमै गरि रहेको छ ।चलचित्र ‘सेन्टी भाइरस’ ले पहिलो दिनमा नै देशभरिका अधिकांश हलमा हाउसफुलको ब्यापार गरेको थियो भने शनिबार त् चलचित्र हेर्न जनसागर नै उर्लिएको थियो ।पहिलो दिन निया १ करोड १२ लाखको कलेक्सन गरेका चलचित्र ‘सेन्टी भाइरस’ले शनिबार १ करोड ३५ लाख कलेक्सन गरेको छ ।चलचित्रले दुई दिनमा २ करोड ४७ लाखको कलेक्सन गरेको हो ।

शनिबार काठमाडौं र मोफसलका हलहरुमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ ।मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको छ ।काठमाडौंको मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा हाउसफुलको व्यापार भएको छ ।चलचित्र ‘छ माया छपक्कै’पछि सुनसान सिनेमा घरमा चलचित्र ‘सेन्टी भाइरस’ रिलिज सगै चहल बढेको हो ।

यता मोफसलमा चितवन,पोखरा ,हेटौडा,बुटवल,धरान लगायत चलचित्रले हाउसफुलको ब्यापार गरेको छ ।चलचित्रले मोफसलको चितवनमा निकै आक्रामक ओपनिङ गरेको छ ।पहिलो दिनमा नै चितवनमा ९ लाख बढीको व्यापार यस चलचित्र शनिबार १० लाख बढी कलेक्सन गरेको हो ।चलचित्रको दर्शक प्रतिक्रिया सकारात्मक भएकोले चलचित्रले भोलिको दिनमा आझै राम्रो व्यापार गर्ने देखिएको छ ।

चलचित्र‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।चलचित्र ‘सेन्टी भाइरस’ मा चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ , कुञ्जना घिमिरे ‘सुन्तली’ दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,सदिप क्षेत्री , पवन खतिवडा , अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।फूर्पा लामा चलचित्रका सह-निर्माता हुन् ।श्रीमान्-श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ ।

Namaste Filmy

Read Previous

फुर्वा दोर्जे र साबित्रा थिङ अभिनित ‘इन्काउन्टर’ को ‘आई लभ यु ‘ गीत सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘हिजो आजका कुरा’को ‘माया जदौ’बोलको गीत सार्वजनिक (भिडियो)