जैकि श्राफ र टाइगर श्राफ बीच भिडन्त हुदै ।

[dropcap][/dropcap]उदो मे २३ का दिन बलिउड अभिनेता जैकि श्राफ र उनका छोरा टाइगर श्राफ बीच भीडन्त हुने देखिएको छ । उक्त दिन यी दुई हिरोहरुको दुई फिल्म एकसाथ रिलिज हुन लागेकाले यी दुईको भिडन्त निश्चित भएको हो । जैकी अभिनीत ‘कोचादैया’ २३ मे मा रिलिज हुने तयारीमा छ भने यता उनकै छोरा टाइगर अभिनीत ‘हिरोपंती’ पनि सोहि दिन रिलिज हुदैछ ।tiger-jackie‘कोचादैया’मा जैकी श्राफ खलपात्रको भुमिकामा छ । उक्त फिल्ममा सुपरस्टार रजनीकान्त संगै दिपिका पादुकोण पनि मुख्य भुमिकामा छ । अत्यन्तै प्रतिक्षित फिल्मको लिस्टमा रहेको यस फिल्मको ब्यापार प्रति बी टाउन आशावादी छन । 

त्यस्तै टाइगर श्राफको डेब्यु अभिनय रहेको फिल्म ‘हिरोपंती’ पनि प्रतिक्षित फिल्मको लिस्टमा छ । लभ रोमान्स र एक्सनको मिश्रण फिल्म हिरोपंती बाट टाइगर संगै नवनायिका कुति सनन पनि डेब्यु हुदैछिन । फिल्मका विभिन्न गीतहरु पनि पछिल्लो समय निकै चर्चित भइसकेका छन ।

Namaste Filmy

Read Previous

सुदर्शन र पुजाको रोमान्स, 'अझै पनि' । फोटो फिचर ।

Read Next

'मुखौटा' रिलिज डेट सर्यो । अब जेठ ३० मा रिलिज गरिने ।