भुवन केसीले र माधव वाग्लेले अनमोल केसी लिएर चलचित्र ‘पारस’ बनाउने,अब ‘एन्टी हिरो’ नबन्ने !

निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्र ‘पारस’ मा नायक अनमोल केसीले अभिनय गर्ने भएका छन् ।अनमोल केसीले चलचित्र ‘पारस’ खेल्ने भए सगै अब चलचित्र ‘एन्टी हिरो’ निर्माण नहुने भएको छ ।

अभिनेता तथा निर्माता भुवन केसीले नै चलचित्र ‘पारस’ निर्माण गर्दैछन् । बिशेष स्रोतले दिएको जानकारी अनुसार चलचित्र ‘पारस’लाई माधव वाग्लेले निर्देशन मात्रै गर्ने छन् भने चलचित्रको सम्पूर्ण लगानी भुवन केसीले नै गर्ने बुझिएको छ। भुवन केसीले चलचित्र ‘एन्टी हिरो’को ठाउमा ‘पारस’ निर्माण गर्ने भए पछि अब चलचित्र ‘एन्टी हिरो’ निर्माण नहुने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

यता चलचित्रको निर्देशन माधव वाग्लेले चलचित्र ‘पारस’ मा अनमोल केसीको अभिनय रहने र भुवन केसी पनि निर्मातामा रहने हामीसगको कुराकानीमा बताएका छन् ।भुवनसग लगानीको बारेका छलफल भै रहेको वाग्लेले बताए । भुवन केसी निर्माता रहने फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

हाल अनमोल फिल्म ‘ए मेरो हजुर ४’ को अन्तिम प्रि प्रोडक्सनमा व्यस्त छन् । ‘ए मेरो हजुर ४’ को छायाँकन सकाए लगत्तै बैशाखदेखि चलचित्र ‘पारस’को छायांकन सुरु हुने छ ।चलचित्र ‘एन्टी हिरो’ नबन्ने भए पछि ‘पारस’ मा अनमोल केसी सगै नायिका जसिता गुरुङको मुख्य भूमिका रहने कुरा बुझिएको छ ।जसिता गुरुङलाई भुवन केसीले ‘एन्टी हिरो’ नायिका लिएका थिए भने अब सो चलचित्र निर्माण नहुने भए पछि ‘पारस’ मा उनलाई खेलाउने स्रोतले जानकारी दिएको छ ।

Namaste Filmy

Read Previous

अभिनेत्री आँचल शर्माको प्रेमी डा. उदीप श्रेष्ठसँग इन्गेजमेन्ट,फागुन २९ मा बिहे हुदै

Read Next

नायिका प्रियंका कार्की र नायक आयुष्मानले अदालतमा पुगेर गरे कानुनी बिहे