'मुखौटा' रिलिज डेट सर्यो । अब जेठ ३० मा रिलिज गरिने ।

[dropcap][/dropcap]उदो जेठ १६ गते रिलिजको तयारीमा रहेको फिल्म मुखौटाको रिलिज मिति पोस्ट पोण्ड गरिएको छ । अब फिल्म दुई साता पछाडि अर्थात जेठ ३० गते अलनेपाल रिलिज हुनेछ । अधिकांश मल्टिस्टार अभिनित फिल्म मुखौटा उत्कृष्ट बनेको र अझै उत्कृष्ट बनाउनको लागी रिलिज मिति पर सारीएको फिल्मका निर्माता रविन श्रेष्ठले बताए । उनका अनुसार फिल्मको ब्यापक प्रचारप्रसारको लागी पनि केहि समय थप गर्दा अनुकुल हुने भएकोले रिलिज पोस्ट पोण्ड गरिएको हो । mukhauta 2माफिया डनहरुको कथा भनिएको फिल्मलाई नायक अर्पण थापाले पहिलोपटक निर्देशन गरेका हुन । फिल्ममा थापाले निर्देशनसंगै मुख्य पात्रको रुपमा अभिनय पनि गरेका छन । अर्पणसंगै राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकार, निशा अधिकारी लगायतको मुख्य भुमिका छ । फिल्मलाई पछिल्लो समयको प्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

Namaste Filmy

Read Previous

जैकि श्राफ र टाइगर श्राफ बीच भिडन्त हुदै ।

Read Next

हटकेक नायिका सुरबिना कार्की मलेसियामा ।