

बलिउड खेलाडि अक्षय कुमारको नयां फिल्म ‘होलिडे’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बुधबार युटुबमा रिलिज गरिएको उक्त ट्रेलर अनुसार अक्षय एक आर्मी अफिसरको भुमिकामा फिल्ममा देखिने स्पष्ट हुन्छ ।फिल्मलाई यसअघि ब्लकबस्टर फिल्म गजिनी निर्देशन गरेका निर्देशक ए आर मुरुगडोसले निर्देशन गरेका हुन । विपुल शाह, रिलायन्स इन्टरटेन्टमेन्ट, अरुण भट्टको निर्माण रहेको फिल्ममा अक्षय का साथमा अहिलेका ब्यस्त हिरोइन सोनाक्षी सिन्हाको पनि मुख्य भुमिका रहेको छ । निर्देशक स्वयमकै लेखन रहेको फिल्ममा संगीत भने प्रित्तमको रहेको छ । हाल गब्बरको काममा ब्यस्त अक्षय होलिडेबाट निकै आशावादी रहेका छन । फिल्म अगामी जुन ६ मा रिलिज हुदैछ ।

