हटकेक नायिका सुरबिना कार्की मलेसियामा ।

राजेन्द्र कार्की ।
surbina kark[dropcap][/dropcap]लचित्र “झेली”बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका सुरबिना कार्की मलेसिया पुगेकी छिन । चलचित्र झेलीको निर्माता भेषमान श्रेष्ठ र उनको श्रीमती रत्न माया श्रेष्ठको साथमा शनिवार नायिका सुरबिना त्यता प्रस्थान गरेकी हुन । मलेसिया स्थित नेपली समाजको निमन्त्रणामा मलेसिया पुगेका उहाँहरुले राजधानी क्वालाम्मपुरको पेनाङ् र झोरमा चलचित्र झेलीको प्रर्दशन गर्ने भएका छन् । कमल दाहालद्धारा निर्देशित चलचित्र झेलीको केहि महिना अघि अल नेपाल रिलिज भइसकेको छ । सस्पेन्स प्रस्तुती रहेको पहिलो चलचित्र “झेली”मा नै नायिका सुरबिनाले सशक्त तथा प्रमुख भूमिकामा निर्वाह गरेकी छिन । पैसाको लागि एउटी युवती आफ्नै साथीकी डैड्लाई प्रेमजालमा फसाउँदै पैसा कै निमित्त समाजलाई गुमराहमा राख्न सम्म पछि नपर्ने वर्तमान परिवेश कै कथावस्तु समेटीएको छ चलचित्र झेलीमा । नेपाली चलचित्र क्षेत्रमा हट केकको नाममा परिचित हँसिली फरासिली नायिका सुरबिना चलचित्र प्रर्दशनको शिलशिलामा दुइ हप्ता मलेसियामा रहने छिन । चलचित्रमा अभिनय गर्ने क्षमता र खुबी दुबै प्रति आत्म विश्वास राख्ने सुरबिनाको चलचित्र “ झेली” रिलिज लगतै चलचित्र “कार्तिक” र “नाइके”मा ब्यस्त रहँदै आइरहेकी थिइन । आफुलाई ग्ल्यार्मस प्रस्तुतीका लागि अलि उदार ठान्ने उहाँ चलचित्र एवार्ड २०७० को वक्स अफिसमा नवनायिका बिद्यामा समेत मनोनयनमा परेकी थिएन । चलचित्र झेलीमा नायिका सुरबिनाले बोलेको संवाद “सेक्सी बुढा, पानी त सित्तैमा आउँदैन, कार्यक्रम ।” ले दर्शकहरुलाई निकै नै आकर्षित गर्न समेत सफल रहेको थियो ।10342567_481759185287458_1207771158_nमलेसियाबाट फर्के पछि कुराकानी भइरहेको अन्य आधादर्जन चलचित्रहरु मध्ये चार चलचित्रहरुमा उहाँ ब्यस्त रहने भने पक्का पक्की नै भइसकेको छ । दुइ दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी र हिजोआज नेपाली चलचित्रका पारखीहरुका लागि साच्चीकै “हटकेक” बन्न सफल रहेकी नायिका सुरबिनाले केकको स्वाद भने कस्तो दिने हुन, प्रतिक्षारत छन

Namaste Filmy

Read Previous

'मुखौटा' रिलिज डेट सर्यो । अब जेठ ३० मा रिलिज गरिने ।

Read Next

'बक्स अफिस फिल्म अवार्ड' जेठ ३ मा ।