बुटवलका दर्शकले कलाकारसंगै ‘सेन्टी भाईरस’ हेरे (भिडियोमा हेर्नुहोस्..)

गौंतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन बनेको नेपाली हास्य चलचित्र सेन्टि भाइरस बुटबलका दर्शकहरुले कलाकारसंगै हेरेका छन् ।

कुञ्जना घिमिरे ‘सुन्तली’ र अर्जुन घिमिरे (पाडे) दर्शकसंग चलचित्र हेर्न बुटवल पुगेका थिए । उत्साहजनक व्यापार गरिरहेको सेन्टिभाइरसका दर्शकलाई भेट्न बुटवल आएकी कुञ्जना घिमिरे (सुन्तली) ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकको उत्साहक जनक उपस्थिती र राम्रो प्रतिक्रिया पाएको बताइन् । अहिले चलचित्रलाई हल नै बुक गरेर हेर्ने दर्शकहरु बढेका छन् ।

‘२६ वर्षसम्म नेपाली चलचित्र नहेरेका दर्शकहरु पनि सेन्टिभाइरस हेर्न हलसम्म आएको घटना हामीले पायौं ।’–हर्षित मुद्रामा कुराकानी गर्दै कुञ्जनाले भनिन् ‘दर्शकहरुको मायाले हामीलाई उवात्साहित बनाएको छ । बुटवलमा कुमारवर्ती स्कुल तथा कलेजका विधार्थीले १ हजारभन्दा बढी विधार्थीले हल नै कुक गरेर चलचित्र हेरेका छन् ।


कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रङ्गशाला निर्माणमा सबै नेपाली जुट्न र सहयोग गर्नका लागि आह्वान गरे । चलचित्र पत्रकार समाज रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै अर्का कलाकार अर्जुन घिमिरे ९पाडे० ले धुर्मुस सुन्तली सामाजिक सेवामा भूलेर आफ्नो मूख्य पेशा कलाकारीतालाई छोडेका छैनन् भन्नका लागि पनि सेन्टिभाइरसबाट प्रदामा आएको उल्लेख गरे ।

कलाकारीतालाई निरन्तरता दिँदै सामाजिक सेवामा लागेका धुर्मुस सुन्तलीले बनाउँदै गरेको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि फ्लिमबाट फाइदाको ५० प्रतिशत खर्च गरिने समेत उनले जानकारी गराएका छन् । समाजका अध्यक्ष सुमन श्रेष्ठ सेन्टिभाइरसको रकम रङ्गशाला निर्माणमा खर्च हुनेहुँदा सहयोगका लागि पनि चलचित्र हेरीदिन रुपन्देहीबासीलाई आग्रह गरेका छन् । यस्तै सचिव मोहन न्यौपानेले चलचित्रको सफलताको कामना गर्दै सामाजिक अभियान्ता धुर्मुस सुन्तलीको सेन्टिभाइरसलाई सबैले एक पटक हलसम्म गएर हेरिदिन आग्रह गरे । यसैबीच सेन्ट्रल कलेज बुटवलले एक सोका लागि बुटवल मिलनचोकमा अवस्थित मिलन हलनै बुक गरेर सेन्टिभाइरसलाई सहयोग गरेको छ ।

बुटवल ११ मिलनचोकमा शाखा कार्यालय रहेको कलेजका सञ्चालक वाई। बि। पौडेलले धुर्मुस सुन्तलीको सामाजिक अभियानलाई सहयोग गर्नका लागि हल बुकिङ गरिएको जानकारी गराए । यसैगरी बुटवलमै अवस्थित डिजिटल हल क्यू एफ एक्समा समे एक सोका लागि हल बुकिङ गरी यस क्षेत्रका कलाकार तथा आफ्ना विद्यार्थीहरुलाई सेन्टिभाइरस देखाइने उनले जानकारी दिएका छन् । चलचित्रका कलाकार भोली पनि बुटबलका विभिन्न हलहरुमा पुगी दर्शकहरुसंगै चलचित्र हेर्नेछन् ।

भिडियोमा हेर्नुहोस्

Namaste Filmy

Read Previous

चैत्त ७ मा आउने भयो चलचित्र ‘नीरफूल’

Read Next

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक (भिडियो)