बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक (भिडियो)

यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । चैत्र २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को १ मिनेट ४५ सेकेण्ड लामो टिजर सार्वजनिक भएको हो ।सार्वजनिक टिजरमा चलचित्रमा मुख्य कलाकारहरु फिचर्ड छन् । टिजरमा प्रदीप खड्का र मनिष राउतले राम्रो स्पेस पाएका छन् । यि बाहेक सुनिल थापा, शिव श्रेष्ठ, क्रिष्टिना गुरुङ, माओत्से गुरुङ लगायतले पनि टिजरमा स्थान पाएका छन् ।

निकै दमदार बनेको टिजरले दर्शकहरुलाई झनै उत्साहित बनाउने पक्का छ । चलचित्रको यस अघी सार्वजनिक भएको दुई वटा गीतले राम्रो प्रतिकृया पाईरहेको बेला टिजरले हाइप झनै बढ्नेमा दुई मत नै छैन ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रमा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा रहेको छ ।

Namaste Filmy

Read Previous

बुटवलका दर्शकले कलाकारसंगै ‘सेन्टी भाईरस’ हेरे (भिडियोमा हेर्नुहोस्..)

Read Next

मेघौली महोत्सवमा गायक दुर्गेशले झुमाए दर्शक