मेघौली महोत्सवमा गायक दुर्गेशले झुमाए दर्शक

पश्चिम चितवनको मेघौलिमा सुरु भएको पाँचौ मेघौली पर्यटन महोत्सव–२०७६ को आज तेस्रो दिन चर्चित मोडल तथा गायक दुर्गेश थापाले मेघौलीबासिलाई मज्जासँग नचाए । आफ्न चर्चित आधा दर्जन गीत गाएर थापाले बिदेशिहरुलाई समेत नचाए । पछीलो समय मेला महोत्सवमा निकै ब्यस्त रहने गायक दुर्गेश पहिलो पटक मेघौली महोत्सवमा आएका हुन ।

देशकै पुरानो पर्यटकिय स्थल मेघौलीको संरक्षण गर्नका लागि नै प्रदेश सरकारले यसलाई उत्कृष्ट दश गन्तव्यभित्र राखेको मेघौलीलाइ  पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न प्रदेश सरकारले बिभिन्न योजनाहरु ल्याउने प्रतिबद्दता ब्यक्त गरेको छ ।

भरतपुर महानगरपालिका २७ र २८ मा पर्ने मेघौलीमा शुरु भएको महोत्सव फाल्गुन २४ गतेसम्म चल्नेछ । पर्यटन प्रवर्द्दन गरी पर्यटनबाटै मेघौलीको समृद्धिका लागि महोत्सव आयोजना मूल समारोह समिति संयोजक हरिचन्द्र महतोले बताए ।

मेघौलि ९ वटा सामुदायिक वनसँग जोडीएको र धेरै ताल तलैया र नदीहरुको कारण जलचल चराहरुको केन्द्र बिन्दु भएको त्यसको संरक्षण र पर्यटन प्रवर्द्दन गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाई  छ यस्तै महोत्सवमा स्थानीय थारु, कुमाल ,नेवारी , मगर , गुरुङ जातीका खानाका परिकारहरुको स्टल रहनेछन् । वन्यजन्तु सम्बन्धी वृत चित्र प्रदशनी, स्थानिय कृषि उत्पादन , हस्तकला तथा औधोकिक प्रदर्शनी र राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । मेघौली महोत्सव ५० हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि ३४ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक (भिडियो)

Read Next

दयाहाङ राई अभिनित चलचित्र ‘नीरफुल’ को ट्रेलर सार्वजानिक (भिडियो)