दयाहाङ राई अभिनित चलचित्र ‘नीरफुल’ को ट्रेलर सार्वजानिक (भिडियो)

चलचित्र ‘नीरफुल’ को ट्रेलर सार्वजानिक भएको छ ।मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजानिक गरिएको छ । बि .स. २०७२ मा गएको बिनाशकारी भुकम्प र जनमानसमा परेको असर साथै भोगाइलाई समाबेश गरेको उक्त ट्रेलरमा पिडा र मन रुवाउने कथा देख्न सकिन्छ ।

आउँदो चैत ७ गते रिलिज हुने चलचित्रलाई संचारकर्मी फूलमान वलले निर्देशन गरेको हुन । फिल्ममा दयाहाङ राई, शान्ति वाइबा र जिग्मे छ्योइकी घिसिङले मुख्य भूमिका निर्वाह गरेका छन् ।

धादिङ जिल्लाको रुबी भ्यालीको भूगोल र संस्कृतिलाई फिल्ममा उतारेको निर्देशक वलले बताए । वल फिल्मका पटकथाकार पनि हुन् । उनलाई पटकथा लेखनमा सचिन घिमिरेले सघाएका छन् । रेखा थापाले विशेष भूमिका निर्वाह गरेको फिल्ममा बुद्दी तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको पनि अभिनय छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

Namaste Filmy

Read Previous

मेघौली महोत्सवमा गायक दुर्गेशले झुमाए दर्शक

Read Next

‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक