कोरोना भाइरसले गर्दा आईफा अवार्ड पनि स्थगित

विश्वभर कोरोना भाइरसका त्रास बढ्दै गएपछी ठुला कार्यक्रमहरु एक पछी अर्को गर्दै स्थगित भईरहेको छ । कोरोनाको त्रासकै कारण भारतीय अन्तर्राष्ट्रिय फिल्म एकेडेमी (आईफा) अवार्ड पनि स्थगित भएको छ । भारतीय अन्तर्राष्ट्रिय फिल्म एकेडेमीले मध्य प्रदेशमा गर्ने भनिएको अवार्ड कार्यक्रम स्थगित भएको हो ।

आज (शुक्रबार) आयोजकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै अवार्ड कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । आयोजकले प्रशंसकहरू र सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै अवार्ड कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

साथै उसले कोरोना भाइरसको संक्रमण निर्मुल भएपछी नयाँ योजनाका साथ कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ । छिटै नै अवार्डको डेट तय गर्ने समेत आयोजाकले जनाएको छ ।

Namaste Filmy

Read Previous

कोरोना भाइरसको कारणले पुजा र पलको ‘म यस्तो गीत गाँउछु २’को प्रदर्शन स्थगित

Read Next

‘चपली हाइट ३’को टिजर सार्वजनिक (भिडियो )