

हिजो शुक्रबार बाट प्रदर्शनमा आएको बलिउड अभिनेता टाइगर श्राफ अभिनित चलचित्र ‘बाघी ३’ले पहिलो दिन बक्स अफिसमा सानदार
कमाई गरेको छ । भारतभित्र ४ हजार ४ सय र देशबाहिर ११ सय स्क्रिनमा रिलिज भएको ‘बाघी ३’ भारतमा मात्रै १७.५० करोड कमाएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासले यस चलचित्रको व्यापारमा खासै असर गरेको देखिएन । यद्यपी कोरोनाको त्रास नभएको भए चलचित्र अझै राम्रो कामई गर्न सक्ने धेरैको भनाई छ ।रिलिजपछि यो चलचित्रलाई समीक्षकले कहानीमा कमजोर तर एक्सनमा दमदार भनेका छन्।
चलचित्र ‘बाघी ३’टाइगरसँगै श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखंडे, नोरा फतेही, अनु कपूरलगायतका कलाकारको अभिनय छ ।एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रलाई सजिद नाडिअडवालाको निर्माण गरेका हुन् ।
