युवराजले ल्याए, ‘देवतालाई भाकी’

 

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ। ‘देवतालाई भाकी’ बोलको गीतलाई चौलागाईले आफ्नै युटुव च्यानलवाट सार्वजनिक गरेका छन् ।

प्रकृति प्रेमी गीतमा कौशिला खनालको शब्द रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीत स्यामस्वेत रसाइलिले मिक्सिङ गरेका छन् भने संगीत गायक स्वयम चौलागाईले नै गरेका हुन् ।

गीतको भिडियोमा गायक चौलागाईंसँगै नायिका मेनुका प्रधानले अभिनय गरेका छन् । जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई टेलिभिजनकर्मी भुषण दाहालले निर्देशन गरेका छन् ।

चितवनको मेघौलीमा खिचिएको भिडियोमा अभिनयसमेत गरेका गायका चौलागाईं हात्ति र प्रकृतिप्रेमी देखिएका छन् ।

यस्तो छ भिडियो ।

Namaste Filmy

Read Previous

गायिका अन्जु पन्तको स्वरमा ‘फुलेको केश’को भिडियो सार्वजनिक

Read Next

मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा “जेल पनि सहुँला’को भिडियो सार्वजनिक