मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा “जेल पनि सहुँला’को भिडियो सार्वजनिक

गायिका मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘’ सार्वजनिक भएको छ ।गीतमा रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत रहेको छ ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ ।शब्द/सङ्गीत र स्वरको सुन्दर समिश्रण रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

युवराजले ल्याए, ‘देवतालाई भाकी’

Read Next

अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकियो