अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकियो

अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ ।नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै चलचित्र ‘ए मेरो हजुर ४’टिमले छायांकन रोक्ने निर्णय गरेको छ ।

केही हप्तादेखि पोखराको छायांकन सकेर हालै निर्माण टिम राजधानी फर्किएको थियो । ४० प्रतिशत छायांकन पूरा भैसकेको फिल्मको बिहीवारसम्म पाटनमा छायांकन भैरहेको थियो ।भैरहेको चलचित्रकी निर्देशन झरना थापाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको बताइन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि फिल्मको छायांकन रोकिएको अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छन् । उनले छायांकन रोकिदा प्राविधिकहरुमा पर्न गएको असुविधाप्रती क्षमा समेत मागेकी छिन् । चलचित्रको निर्माण टिमले चाडै नै छायांकनमा फर्किने विश्वास व्यक्त गरेको छ ।

यो चलचित्रको छायांकन नेपालसँगै यूरोप र ओमानमा पनि हुने बताइएको छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा सगै सलोन बस्नेत,सरोज खनाको मुख्य भूमिका रहेको छ ।

Namaste Filmy

Read Previous

मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा “जेल पनि सहुँला’को भिडियो सार्वजनिक

Read Next

शाहिद कपूर श्रीमतीसँगै जिमखाना पुगे तर जिमखाना ‘सिल’