‘प्रेमगीत ३’ टिमले कोरोना मध्यनजर गर्दै निःशूल्क ११ हजार मास्क वितरण

यति बेला विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (काेभिड–१९) को कारणले घरमै बस्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न कलाकारहरुले अपिल गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ टिमले ११ हजार मास्क वितरण गरेको छ ।

‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रका टिम सहित आइतबार कोटेश्वर, लगनखेल र गोंगबुलगाएतका क्षेत्रमा ११ हजार नागरिकलाई निःशूल्क मास्क वितरण गरेको हो । सेनले भन्नुभयो, ‘यो देशको जिम्मेवार नागरिकको नाताले नाताले आज हामीले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा ११ हजार नागरिकलाई मास्क वितरण गरेको बताए ।’

त्यस्तै निर्माता सेनले यस्तो कठिन परिस्थितिमा आफू र प्रेमगीत–३ का सम्पूर्ण टिम जुनसुकै अवस्थामा सरकारलाई आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।निर्माता सेनले कोरोनाको संक्रमण नफैलियोस् भन्ने कुरामा सचेत रहन, सजग बन्न र अरुलाई पनि सजग राख्न आग्रह गर्नुभएको छ ।

त्यस्तै, उहाँले सबैलाई समय–समयमा साबुन पानीले हात मिचीमिची हात धुन, सेनिटाइजरको प्रयोग गर्न, सकेसम्म भिड़भाड़मा नजान र शंका लागेमा नजिकको स्वास्थ्य केन्द्रमा जान पनि आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ को रिलिज मिति स्थगित गरिएको छ । चाँडैनै चल्चोत्रको नयाँ रिलिज मिति तय गरिने निर्देशक सेनले जानकारी दिए ।

‘प्रेमगीत ३’ लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, सुजल बस्नेत, जीवन भट्टराई, राज थापालगाएत मुख्य भूमिकामा छन् ।

Namaste Filmy

Read Previous

शाहिद कपूर श्रीमतीसँगै जिमखाना पुगे तर जिमखाना ‘सिल’

Read Next

बलिउडकी गायिका कनिका कपूर कारण कोरोनाको संक्रमण बढ्ने खतरा