गायक प्रकाश सपुतले कोरोना रोकथामका लागि गरे २ लाख सहयोग

चर्चित गायक प्रकाश सपुतले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । सपुतले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका सपुतले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् । रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् ।

Namaste Filmy

Read Previous

बलिउडकी गायिका कनिका कपूर कारण कोरोनाको संक्रमण बढ्ने खतरा

Read Next

चैतमै बाजा बजाउदै सागर लम्साल बले र प्रिज्मा खतिवडा (भिडियो)