लकडाउनमा ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान आइन् ऋतिकको घरमा

भारतमा २१ दिन लकडाउन थपिदा बलिउड नायक ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान छोराछोरीसहित ऋतिकको घरमा आएर बसेकी छिन्।ऋतिक र सुजैनबीच सम्बन्ध बिच्छेद भए पनि यो लकडाउनमा भने उनीहरु सँगै देखिएका हुन।ऋतिकले सामाजिक सञ्जाल इन्टाग्राममा पूर्वपत्नी सुजैको प्रशंसा गर्दै तस्बिर राखेका छन्।उनीहरु २१ दिनको लकडाउनमा सँगै हुनेछन्।

यता, सुजैन खानले यो लक डाउनमा छोराछोरीको लागि भए पनि आफू ऋतिकसँग केहि समयको लागि घर फर्किएको बताएकी छन्।यस्तो अप्ठेरो परिस्थितिमा छोराछोरीहरुलाई आमा-बाबुबाट टाढा राख्नु हुँदैन भनेर सुजैन घर आएको ऋतिकले बताएका छन्।


उनले लेखेका छन्, ‘अनिश्चितता, धेरै महिनाका लागि सामाजिक दूरी र लकडाउनको रूपमा संसारलाई एकसाथ भेला भएको देख्नु साँच्चिकै मनछुने समय हो । जब विश्वले मानवता सँगै आउने कुरा गरिरहेको छ, मलाई लाग्छ यो त्यस्तो विचार हो जुन आमाबाबुको लागि आफ्ना बच्चाहरूको संरक्षणको लागि हिरासत साझेदारी गर्नु हो’।

यस्तै पूर्वपत्नीलाई धन्यवाद दिँदै उनले अगाडि लेख्छन्, ‘धन्यवाद सुजैन यति सहयोगी र समझदारी भएकोमा । हाम्रा बच्चाहरूले कथा बनाउनेछन् जुन हामी उनीहरूका लागि बनाउनेछौं। म आशा गर्दछु र प्रार्थना गर्दछु कि हामी आँफै र आफ्ना प्रियजनहरूको स्वास्थ्यलाई जोगाउन, हामी सबैले खुला हृदयले प्रेम, सहानुभूति, साहस, बल व्यक्त गर्ने बाटो भेट्टाउनेछौं।’

Namaste Filmy

Read Previous

बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

Read Next

एनटीआर र राम चरणको चलचित्र ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक