एनटीआर र राम चरणको चलचित्र ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक

जूनियर एनटीआर र राम चरण अभिनित बहुप्रतिक्षीत चलचित्र ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक भएको छ । बुधवार मोसन पोस्टर र टाइटल लोगो सार्वजनिक गरेका हुन् । मोसन पोस्टर भिन्न प्रकारले तयार गरिएको छ । पोस्टरमा राम चरण र जूनियर एनटीआरलाई आगो र पानीको रुपमा चित्रण गरिएको छ ।

चलचित्र ‘आरआरआर’ मा रामचरण तेजा र एनटीआर जूनियरसँगै अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहने भएको छ । चलचित्रमा अभिनेता अजय देवगन बिशेष भूमिकामा देखिदैछन् । उनी पहिलो पटक साउथ इन्डियन फिल्ममा देखिन लागेका हुन्।

राजमौलीको चलचित्रमा काम गरे बापत अजयले पारिश्रमिक नलिने भएका हुन्। फिल्मका निर्माताहरु अजयलाई रामचरण र एनटीआर जुनियरको जति नै पारिश्रमिक दिन तयार थिए । तर निर्देशक राजमौलीका कारण अजयले पारिश्रमिक नलिएका हुन् । उनले आफ्नो साथीको फिल्म भन्दै यस चलचित्रमा अभिनय गरेको पारिश्रमिक नलिने निर्णय गरेका हुन् । राजमौली र अजय साथीसाथी हुन् ।बाहुबली सिरिजपछि राजामौली आफ्नो फिल्म ‘आरआरआर’मा व्यस्त छन्।

२०२१ जनवरी ८ तारिखमा प्रदर्शन हुन लागेको चलचित्र ‘आरआरआर’ स्वतन्त्रता संग्राम सेनानीहरुको जीवनमा आधारित छ र सत्य घटनाबाट प्रेरित यो एसएस राजामौलीको पहिलो फिल्म पनि हो । डीवीवी दानय्याद्वारा निर्मित तथा राजामौलीद्वारा निर्देशित ‘आरआरआर’ को दुनियाँभरमा एकसाथ दश भारतीय भाषामा रिलिज गरिँदैछ ।चलचित्रमा हलिउड अभिनेता रे स्टीवेन्सन, एलिसन डूडी र ओलिविया मोरिस पनि देखिँदैछन् ।

Namaste Filmy

Read Previous

लकडाउनमा ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान आइन् ऋतिकको घरमा

Read Next

पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज