प्रभासले कोरोना विरुद्ध लड्न दिए ४ करोड ,कपिल शर्माले पनि दिए ५० लाख

दक्षिण भारतका सुपरस्टार प्रभासले कोरोना भाइरस रोकथामको लागि ४ करोड सहयोग गरेका छन् ।प्रभासले बिहिबार ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र ५०–५० लाख आन्ध्र प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा दिएका हुन् ।

यस अघि भारतीय चर्चित मेडियन कपिल शर्माले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् । कपिलले ट्वीटरमार्फत आफूले प्रधानमन्त्री कोषमा ५० लाख रुपैयाँ दिएको उल्लेख गरेका छन् ।

त्यस्तै, अभिनेता महेश बाबूले आन्ध्र प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन् । महेश बाबुसँगै ऋतिक रोशन, करण जोहर, आयुष्मान खुराना, नीतेश तिवारी, तापासी पन्नू, सोनम कपूर लगायतका फिल्मकर्मीले पनि कोरोना कोषमा रकम संकन गर्ने बताएका छन् ।भारतमा चर्चित कलाकारहरुले यस अघि आफ्नो सामाजिक संजाल मार्फत जनतालाई सचेत रहन आग्रह गर्दै आएका छन् ।

Namaste Filmy

Read Previous

पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज

Read Next

कोरोना विरुद्ध लड्न अक्षय कुमारले दिए २५ करोड