कोरोना विरुद्ध लड्न अक्षय कुमारले दिए २५ करोड

भारतमा कोरोनाभाइरस बिरुद्धको लडाईमा विभिन्न सेलेब्रेटीहरुले हात खोलेरै सहयोग गर्न थालेका छन् ।दक्षिण भारतका सुपरस्टार प्रभासले कोरोना भाइरस रोकथामको लागि ४ करोड सहयोग गरेका छन् । यस्तै चर्चित मेडियन कपिल शर्माले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग लड्न पीएम–केयर फन्ड नामक कोष स्थापना गरेर सबै सग सहयोगको अपिल गरेका छन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पुर्याउने माध्यम बन्नेछ ।यो कोषमा प्रधानमन्त्री यसको अध्यक्ष रहनेछन् भने गृहमन्त्री, रक्षामन्त्री र अर्थमन्त्री यसको सदस्य रहनेछन् ।

 

यसरी प्रधानमन्त्री मोदीले अपिल गरेको २० मिनेटभित्र अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारु सहयोग गरेका छन् ।अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’

Namaste Filmy

Read Previous

प्रभासले कोरोना विरुद्ध लड्न दिए ४ करोड ,कपिल शर्माले पनि दिए ५० लाख

Read Next

कारोना रोकथाम कोषमा गायक बद्री पंगेनीले गरे ५० हजार सहयोग