'बक्स अफिस फिल्म अवार्ड' जेठ ३ मा ।

box ofice film award[dropcap][/dropcap]सअघि पटक पटक पोस्टपोण्ड हुदै आएको ‘बक्स अफिस फिल्म अवार्ड’ जेठ ३ गते हुने पक्का भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था बक्स अफिस फिल्म क्लबले कार्यक्रमको लागी सम्पुर्ण तयारी सकिएको जानकारी गराए । यसअघि  होटल हायातमा गर्ने भनिए पनि अब भने आर्मी अफिसर्स क्लबमा अवार्ड कार्यक्रम हुनेछ । विभिन्न प्राविधिक कारण अवार्ड कार्यक्रमको मितिसंगै स्थान पनि परिवर्त गरिएको आयोजकको भनाई छ ।
कुल चालिस विधामा वितरण गर्न लागिएको अवार्डमा झुर फिल्म अवार्ड पनि दिइनेछ । यो फिल्म अवार्ड वितरण समारोहको लागी देशको विशिष्ट पदमा रहेका विदेशी दातृ निकायका प्रमुखहरुलाई समेत बोलाईएको आयोजकले जानकारी दिएको छ । पछिल्ला दुई बर्षमा रिलिज भएका १२१ वटा चलचित्र वक्स अफिस फिल्म अवार्डमा प्रतिस्पर्धामा छन् । अवार्डको अघिल्लो संस्करण दुबईमा गरिएको थियो ।

Namaste Filmy

Read Previous

हटकेक नायिका सुरबिना कार्की मलेसियामा ।

Read Next

चर्चित भारतीय अभिनेता सुधीरको निधन ।