चर्चित भारतीय अभिनेता सुधीरको निधन ।

[dropcap][/dropcap]त्तरी असीको दशकमा कयौ सुपरहिट फिल्ममा काम गरिसकेका चर्चित भारतीय अभिनेता सुधीरको निधन भएको छ । उनको वास्तविक नाम भगवान दास मुलचंद लुथरिया हो ।sudhirप्राय फिल्ममा खलनायकको रुपमा देखिने सुधीर विगत केहि साता यता बिरामी रहेका थिए । डाक्टरले उनको ‘फेफडों’मा इन्फेक्शन भएको बताएका थिए । पुराना हिन्दी फिल्ममा नेगेटिभ रोलमा अत्यन्त रुचाइएको सुधीर फिल्ममेकर मिलन लुथरियाका काका हुन । पारिवारिक स्रोतले सुधीरको निधनको खबरलाई गोप्य राख्ने प्रयास गरेको छ ।
सुधीरले आफनो जीवनभर विवाह गरेनन । उनको मुम्बईको अंधेरीमा एक बंगला रहेको थियो । बादशाह, सत्ते पे सत्ता लगायतका सुपरहिट फिल्म उनका स्मरण योग्य फिल्म हरु हुन ।

Namaste Filmy

Read Previous

'बक्स अफिस फिल्म अवार्ड' जेठ ३ मा ।

Read Next

खेलाडीहरुको मनोबल बढाउन चितवन खबरले फिल्म 'वल्ड कप इन नेपाल' देखाउदै।