गायक सुनिल गिरीको ‘ए साँईली’ गीतको भिडियो सार्वजनिक

कोरोना भाइरस (कोभिड-१९) को कारण नेपाल लकडाउन छ । लकडाउनको कारण फाल्गुन ११ गतेदेखी सबै मानिसहरु घर भित्रै बस्न वाध्य रहेका छन् । अहिले मानिसको अधिकाशं समय इन्टरनेटमा बितिरहेको छ ।

लकडाउनको कारण घरमै बस्न वाध्य दर्शक श्रोताहरुलाई मध्यनजर गर्दै गायक सुनिल गिरीले नयाँ गीत सार्वजनिक गरेका छन् । गिरीले आज (मंगलबार) आफ्नै युट्युब च्यानल मार्फत ‘ए साँईली’ बोकको गीत सार्वजनिक गरेका हुन् ।

गिरीको आवाज रहेको गीतमा शब्द संगित पनि उनकै रहेको छ । गीतमा संगीत संयोजन पनि गिरीले नै गरेका हुन् । गीतको भिडियोमा गिरी र पेमा शेर्पा फिचर्ड रहेका छन् । गिरी आँफैले निर्देशन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

वुनु श्रेष्ठ र विश्व नेपालीको स्वरमा ‘तिमी जन जनमा’ सार्वजनिक (भिडियो)

Read Next

चर्चित भारतीय हास्य कलाकार बुलेट प्रकाशको निधन