बेलायती नायिका हिलारी हिथको कोरोनाले मृत्यु

कोरोनाभाइरसका कारण बिश्व भरि ज्यान गनेको संख्या १ लाख  ८ हजार बढी भएको छ ।कोरोनाभाइरस संक्रमणको कारण बेलायती नायिका हिलारी हिथको मृत्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।

हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै उनको निधनको समाचारलाई पुष्टि गरेको छ ।लिभरपुलमा जन्मिएकी हिथले सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन् ।उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।

Namaste Filmy

Read Previous

लकडाउनले नायक अनमोल केसीलाई भने केही फरक परेन

Read Next

कलाकार तथा निर्माता सुशान्त श्रेष्ठले गरे ५० परिवारलाई खाद्यान्न सहयोग