दुर्गेश थापाले नया वर्षमा लिएर आए अर्को दमदार गीत “द मास्कर (भिडियो)

नया वर्षको अवसर पारेर चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।२०७६ सालमा ‘बिच्च बिच्चमा’ र ‘ह्याप्पी तिहार’ जस्ता सफल गीतले निकै चर्चामा रहेका दुर्गेश थापाले नया वर्ष २०७७ सालको पहिलो दिनमा नै दर्शक तथा स्रोता माझ नया गीत लिएर आएका हुन् ।

“द मास्कर” बोलको सार्वजनिक गीतमा दुर्गेश थापाको आफ्नै शब्द तथा संगीत रहेको छ।गीतको भिडियोमा मोडल तथा युटुबर सोनीका रोकायाले निकै कामुक द्रश्य समेत दिएकी छिन् ।गीतमा राजनीतिक दलका नेताहरु माथि व्यंग्य प्रहार गरिएको छ भने उनलाई धोका दिने पूर्व प्रेमिका माथि पनि व्यंग्य गरिएको छ ।

गीतको भिडियोलाई चर्चित भिडियो निर्देशक शिब बिकेको निर्देशन गरेका हुन् ।भिडियोलाई अरोन अशोककुमारले छायांकन गरेका हुन् भने मिलन विस्वकर्माको सम्पादन रहेको छ ।गीतको भिडियोलाई गायक दुर्गेश थापाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

Namaste Filmy

Read Previous

वुनु श्रेष्ठको स्वरमा कोरोना सम्बन्धी निकै मार्मिक गीत ‘सुखद समाचार’ सार्वजनिक (भिडियो)

Read Next

सलमान खानले १० करोड सहयोग पछि मजदुरलाई पठाए खाद्य सामग्री