मिथुन चक्रवर्तीको पिता वसन्तकुमार चक्रवर्तीको निधन

बलिउड अभिनेता मिथुन चक्रवर्तीका पिता वसन्तकुमार चक्रवर्तीको निधन भएको छ । उनको ९५ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । उनको निधन मृगौला फेल भएका कारण भएको भारतीय मिडियाले जनाएका छन् । यतिबेला मिथुन भने बैंगलोरमा गएको र लकडाउनका कारण त्यतै फसेकोमा अब मुम्बइ फर्किन प्रयासरत रहेको बताइएको छ । टाइम्स अफ इण्डियाका अनुसार मिथुन सुटिङका लागि बैंगलोर गएका थिए ।

मिथुनको परिवार बंगाली हो । मिथुनका पिता बसन्तकुमार कलकत्ता टेलिफोन्समा काम गर्थे । उनका ४ सन्तान छन् । मिथुनका तीन दिदीबहिनी छन् । टाइम्सको रिपोर्टका अनुसार बसन्तले नै मिथुनलाई मुम्बइ पठाएका थिए । उनी मिथुनलाई बंगालमा भइरहेको हिंसाबाट बचाउन चाहन्थे । मुम्बइ आएपछि मिथुन बलिउडमा सक्रिय भएका थिए ।

Namaste Filmy

Read Previous

चर्चित कार्टुन ‘टम एन्ड जेरी’ का निर्देशक जिन डिचको निधन

Read Next

नृत्यकारहरुलाई राहत वितरण