खेलाडीहरुको मनोबल बढाउन चितवन खबरले फिल्म 'वल्ड कप इन नेपाल' देखाउदै।

[dropcap][/dropcap]त बैशाख १९ गतेबाट प्रदर्शन भएको फिल्म ‘वल्ड कप इन नेपाल’को चितवनमा च्यारिटी शो गरिने भएको छ । स्थापनाको छोटो समयमा नै समाजसेवाका माध्यमबाट पाठकवर्गको मन जित्न सफल चितवनको पहिलो र एक मात्र राष्ट्रिय अर्ध साप्ताहिक ‘चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक’ पत्रिकाले आफनोे गौरवमय चौथो बार्षिकउत्सवको अवसरमा फिल्म वल्र्ड कप इन नेपाल को च्यारिटी शो गर्ने भएको हो ।world cuo in nepalपत्रिकाले भरतपुर फुटवल क्लबको सहयोगार्थ फिल्म ‘वल्र्ड कप इन नेपाल’ को च्यारिटी शो गर्न लागेको हो । पत्रिकाको मगलबार सम्पन्न बैठकले यही जेष्ठ १९ गते, सोमबार विहान १० बजे नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी शो  गर्ने निर्णय गरेको हो । खेलकुदका क्षेत्रमा निकै कम चलचित्र बन्ने गरेकाले सम्पूर्ण खेलाडीहरुको मनोबल र उत्साह थप्न केही हद सम्म सहयोग पुर्याउने उद्देश्यले नेपाली फिल्मको च्यारिटी शो गर्न लागिएको पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक हरि कार्की ‘लक्की’ले बताउनुभयो ।
नेपाली फुटबल खेलको विकास गर्दै विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने खेलाडी नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिले ‘वल्र्डकप इन नेपाल’ नामक नेपाली कथानक चलचित्र निर्माण गरेको हो । नेपालको एउटा गाउमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मामिर्क ढंगले प्रस्तुत गरिएको नेपाली फिल्मलाई प्रकाश थापा र राम तामाङले निर्माण गरेका हुन् । फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा,  प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतको अभिनय रहेको छ ।
स्मरण रहोस यसअघि पनि चितवन खबर राष्टिय अर्ध साप्तहिकले देवघाटस्थित श्री रामजानकी बालिका आश्रम को सहयोगार्थ नेपाली चलचित्र ‘राजनिति’को च्यारिटी गरेको थियो । पत्रिकाले आगामी दिनमा अझै रचनात्मक तथा समाज परिवर्तनका लागी चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रकाशक तथा प्रधानसम्पादक कार्कीको भनाई छ ।

Namaste Filmy

Read Previous

चर्चित भारतीय अभिनेता सुधीरको निधन ।

Read Next

सफलताको सिँडी उक्लदै गायिका मिङस लामा ।