अभिनेता इरफान खानकी आमाको निधन

बलिउड अभिनेता इरफान खानकी आमाको निधन भएको छ । इरफानकी आमा सइदा बेगमको शनिबार निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी ९५ वर्षकी थिइन् र लामो समयदेखि बिरामी थिइन् । शनिबार बेलुका नै उनको अन्तिम संस्कार गरिएको बताइउको छ ।

लकडाउनका कारण मुम्बइमा रहेका इरफान जयपुर जान सकेनन् । उनले भिडियो कलबाट आमालाई अन्तिम विदाइ गरे । इरफानकी आमा जयपुरमा अन्य दुई छोरा इमरान र सलमानसँग बस्थिन् । सइदा कवियित्री पनि थिइन् ।

Namaste Filmy

Read Previous

प्रियंका चोपडाले गरिन स्वास्थ्यकर्मीलाई २० हजार थान जुत्ता सहयोग

Read Next

भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा गीत गाऊदा हुटिङ