‘धडकन’ को सिक्वेलमा अक्षय कुमार र सुनिल सेट्टीका छोराहरु अभिनय गर्दै !

सुपरहिट बलिउड चलचित्र ‘धडकन’ को सिक्वेल बन्ने पक्का भएको छ । ‘धडकन’ बाट पाएको सफलतालाई पुनः एकपटक महसुस गर्न निर्माता रतन जैन ‘धडकन २’ बनाउने तयारीमा रहेको भारतीय मिडियाले बताएका छन् ।

‘धडकन २’ मा अभिनेता सुनील सेट्टीले आफनो छोरा अहमान सेट्टी र अक्षय कुमारका छोरा आरव कुमारलाई देख्ने इच्छा व्यक्त गरेका छन् । सुनीलले भने, “मलाई लाग्दैन तपाईहरूले ‘धडकन २’ मा म र अक्षयलाई देख्न सक्नुहुनेछ । हामी बुढा भइसकेका छौं । यदि यो चलचित्र बन्यो भने लिड रोलमा मेरो र अक्षयको छोरालाई लिएर बनाए राम्रो हुन्छ ।”

उनले अभिनेता अक्षय कुमारको पनि यही चाहना रहेको बताए । सुनीलको सुझावमा निर्माता जैन पनि राजी भएका छन् । यदि दुवै अभिनेताको यही इच्छा भए यो सम्भव हुन सक्ने उनले बताए ।

निर्माता जैनका अनुसार चलचित्रको कथा, पटकथा लगायत सबै कुरा फाइनल भइसकेको र अब लकडाउन खुलेसँगै कास्टिङ फाइनल गरेर छायांकनमा जान टिम तयार भइसकेको छ ।

निर्माता दोहोरिए पनि ‘धडकन २’ मा निर्देशक भने नदोहोरिने बताइएको छ ।‘धडकन’ मा अक्षय कुमार, सुनील सेठी, शिल्पा सेठी र महिमा चौधरी मुख्य भूमिकामा छन् ।

Namaste Filmy

Read Previous

दिवेश पोखरेलले अमेरिकन आइडल जिताउन भोट गर्न आग्रह, भोट यसरी गर्नुहोस्

Read Next

नेपाली अभिनेत्री रिस्ता बस्नेतको भारतीय गीतमा मञ्जुल खट्टरसँग रोमान्स (भिडियो)