सफलताको सिँडी उक्लदै गायिका मिङस लामा ।

mings lama[dropcap]ने[/dropcap]पाली सांगितिक क्षेत्रमा दिनहुँजसो कयौ नव प्रवेशी कलाकारहरुको आगमन हुने क्रम बढदो छ । कतिपय नवप्रतिभा एकाएक चर्चित हुन्छन त कतिपय विस्तारै संघर्षपछि दर्शकस्रोताको मनमा बस्दै जान्छन । त्यस्तै कतिपयलाई त स्रोताले चिन्ने मौकासमेत मिल्दैन ।

यसरी नै रहरै रहरमा संगीतमा लागेकी गायिका मिङस लामा पछिल्लो समय विस्तारै स्रोताको मनमा बस्दै गएकी छिन । करिब एकबर्ष अघि उनको एकल एल्बम इट ह्यापन्स बजारमा आएको थियो । उक्त एल्बमका सबै गीतहरु स्रोताको रोजाईमा परिरहेका छन । त्यसमध्ये पनि ‘जन्म जन्म’ र ‘मनपर्यो च्याङबा’ बोलको गीतहरु स्रोताले अत्याधिक रुचाइएको गायिका मिङस स्वयमको बुझाई छ । उनको यी दुई गीतको भिडियोलाई पनि दर्शकले अत्याधिक रुचाइरहेका छन । मिङसले विभिन्न टेलिभिजन हरुको काउन्टडाउनहरुमा पनि यी गीतहरुको भिडियो बजेको देख्दा सफलताको अनुभव गर्ने गरेकी छिन ।

संगीतलाई छोडनै नसक्ने नशा लागेपछि उनले परिवारकै सहयोगमा पहिलो एल्बम निकालेकि हुन । पहिलो एल्बमबाटै सोचेभन्दा राम्रो सफलता पाएपछि अझै सांगितिक क्षेत्रमा केहि गर्ने र दर्शक स्रोतालाई नयां नयां विभिन्न स्वादमा गीतहरु ल्याउने चाहना मिङसमा रहेको छ ।

त्यसैले अब छिट्टै नयां गीत रेकर्डको तयारीमा लागेको पनि उनले बताइन । उनको दोस्रो एल्बमको तयारी पनि भइरहेको छ । अब छिट्टै दास्रो एल्बम लिएर स्रोतामाझ आउन लागेकि मिङसले पहिलो भन्दा दोस्रो एल्बमले स्रोताहरुको अपार माया पाउने आशा ब्यक्त गरिन । स्थानिय तथा राष्टिय स्तरका विभिन्न स्टेज कार्यक्रममा समेत ब्यस्त रहने मिङस आफु हरेक किसिमका गीतहरु गाउन सक्ने बताउछिन ।

‘जन्म जन्म’ गीतको भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

खेलाडीहरुको मनोबल बढाउन चितवन खबरले फिल्म 'वल्ड कप इन नेपाल' देखाउदै।

Read Next

'ओफा अवार्ड'को उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक ।