संचारकर्मी कुमार आचार्यको निर्देशनमा ‘आकाशको कालो बादल’को भिडियो सार्वजनिक

गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘आकाशको कालो बादल’ बोलको गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ । सार्वजनिक भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अमुल कार्कीको संगीत संयोजन रहेको गीतमा माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ । संचारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको भिडियोमा लिगेश भट्टराई,श्रेया दुलाल र मेनुका माझिलाइ फिचर्ड गरिएको छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अच्युत बजगाईंले सम्पादन गरेका हुन् । लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

Namaste Filmy

Read Previous

नायिका मरिस्का पोखरेलले अस्ट्रेलियामा गरिन बिहे

Read Next

ऋषि कपूरको पत्नी नितु कपूरले लेखिन्,‘हाम्रो कथाको अन्त्य’