सौगात मल्ल र बेनिशा हमाल अभिनित ‘झ्यानाकुटी’ युट्युब ट्रेन्डिङको पहिलो नम्वरमा (भिडियो)

सिनेमा हलमा प्रदर्शन हुदा खासै दर्शकको साथ नपाएका चलचित्रहरु युट्युबमा रिलिज भए पछि भने राम्रो भिउज आउने गरेका छन् ।केहि समय यता नेपाली चलचित्र हलमा भन्दा दर्शकले युट्युबमा बढी हेर्ने गरेका छन् ।सिनेम हलमा फिल्म प्रदर्शन हुदा पोस्टरको पैसा समेत उठाउन न सक्दा निर्माता युट्युबमा फिल्म रिलिज गरे पछि दर्सकको साथ पाएको भन्दै खुसि हुने काम मात्रै भएको ।

यस्तै साढे दुई वर्ष रिलिज भएको चलचित्र ‘झ्यानाकुटी’ले फिल्म हलमा दर्शकको साथ नपाए पनि अहिले युट्युबमा रिलिज हुदा भने दर्शकको राम्रै साथ पाएको छ ।लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ।

चलचित्र युट्युब सार्वजनिक भएपछि दर्शकको प्रतिक्रिया भने धेरै राम्रो पाएको छ ।अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्र ‘झ्यानाकुटी’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।

युट्युबको ट्रेन्डिङ वानमा रहेको ‘झ्यानाकुटी’ चलचित्रलाई यो समाचार तयार पर्दा सम्म ४० हजार भन्दा बढी लाईक मिलेको छ भने २ हजार ३ सय डिसलाईक मिलेको छ । करिब २ लाख पटक हेरिएको यस फिल्ममा करिब ३ हजार बढी कमेन्ट आएको छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यस चलचित्रमा सुमि मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई हरी हुमागाईंले खिचेका हुन् ।‘झ्यानाकुटी’लाई नायिकाले निशा अधिकारीको निर्माण गरेकी हुन् ।

Namaste Filmy

Read Previous

ऋषि कपूरको पत्नी नितु कपूरले लेखिन्,‘हाम्रो कथाको अन्त्य’

Read Next

नेपाली युवा दिवेश पोखरेलअमेरिकन आइडलको टप १० मा प्रवेश