जपान प्रदर्शनको लागी बिक्रि भयो ऋतु । नेपालमा फाल्गुन २३ मा रिलिज हुदै ।

पछिल्लो समय नेपाली चलचित्रको बजार नेपालमा मात्रै सिमित रहेन, नेपाली फ्रेश फिल्महरु विश्वको विभिन्न देशहरुमा प्रदर्शन हुने क्रम बाक्लिएको छ । यसै क्रममा अगामी फाल्गुन २३ गते अल नेपाल रिलिज गरिने चलचित्र ऋतु जापानमा प्रदर्शन हुने भएको छ ।1800919_586910561397378_575472498_nटोकियोको फुलेल इन्टरटेन्टमेन्ट ले फिल्मलाई जापान प्रदर्शनको जिम्मा लिएका हुन । अगामी मार्च २९ मा स्वागत इंडियन तथा नेपाली रेष्टुरेन्ट बारहरुको सहभागीतामा फिल्म प्रदर्शन गरिनेछ । जपान प्रदर्शनको लागी ५ लाखमा फिल्मको राइट बिक्रि भएको एक निर्माताले बताएका छन । फिल्मलाई युरोप प्रदर्शनको लागी पनि कुरा भैरहेको उहाले बताउनुभयो । स्मरण रहोस बाटो मुनिको फुल पछि टोकियोमा प्रदर्शन गरिने ऋतु नै दोस्रो नेपाली  चलचित्र हो ।ritu

राजवल्लभ कोइराला र पुर्व मिस नेपाल मलिन जोशीको मुख्य भुमिका रहेको फिल्मलाई नव निर्देशक मनोज अधिकारीले निर्देशन गरेका हुन ।फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान, अपिल बिष्ट ले संयुक्त रुपमा निर्माण गरेका हुन ।आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको यो फिल्मलाई सन्दीप बडालले लेखेका हुन् । फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

यस्तो छ अक्षयकुमारको 'होलिडे' । ट्रेलर रिलिज ।

Read Next

फाल्गुनमा हुने भनिएको राजेश हमालको विवाह सर्यो । अब बैशाखमा हुन सक्ने संकेत ।