'ओफा अवार्ड'को उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक ।

OFA[dropcap][/dropcap]नलाइन फिल्मीखबर अवार्ड ओफाका उत्कृष्ट पाँच नोमिनेसन घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक समारोहका बीच २० विधामा लोकप्रिय नोमिनेसन  सार्वजनिक गरिएको हो । नोमिनेसनमा ब्यापार, प्रस्तुति र निरन्तरतालाई आधार मानेर २०७० साल मा प्रदर्शन भएका सिनेमा समेटिएको आयोजकले जनाएको छ ।
सार्वजनिक नोमिनेसन अनुसार उत्कृष्ट पांच फिल्ममा होस्टेल, काली, ६ एकान ६, झोला र नाइँ नभन्नु ल २ मनोनित छन् । यी पाँचै फिल्मले वर्ष ०७० को बक्सअफिसमा राम्रो कलेक्सन गरेका थिए । पपुलर निर्देशकमा सविर श्रेष्ठ (काली), दिनेश डीसी (६ एकान ६), विकास आचार्य (नाइँ नभन्नु ल २), सुरज सुब्बा नाल्बो र नवल नेपाल नोमिनेशनमा परेका छन् ।
त्यस्तै पपुलर अभिनेतामा आर्यन सिग्देल, जीवन लुइँटेल, सौगात मल्ल, दयाहाङ राई र अनुभव रेग्मी छन् । अभिनेत्रीमा भने रेखा थापा, गरिमा पन्त, प्रियंका कार्की, केकी अधिकारी र नम्रता श्रेष्ठ नोमिनेटेड छन् ।
त्यस्तै स्क्रिप्टमा झोलाबाट कृष्ण धराबासी र दीपक आलोक, नाइँ नभन्नु ल २ बाट विकास आचार्य, होस्टेलबाट हेमराज विसी, ६ एकान ६ बाट दीपकराज गिरी र जगदिश्वर थापा, मोक्षबाट प्रविण श्रेष्ठ, राजन कठेत र प्रज्ञान थापा मनोनित छन् ।
यता पपुलर संगीतकारमा अर्जुन पोखरेल, बसन्त सापकोटा, सुरेश अधिकारी, डम्बर नेपाली र कालीप्रसाद बाँस्कोटा नोमिनेशनमा छन् । पपुलर गीतकारमा डा। कृष्णहरि बराल, अमृता नेपाल, कालीप्रसाद बाँस्कोटा र सविन एकतारे, राम अविरल र भूपेन्द्र खड्का छन् ।
पपुलर गायकमा प्रेम परियार, शिव परियार, राजेशपायल राई, दीपक लिम्बु र सनुप पौडेल छन् भने पपुलर गायिकामा रजिना रिमाल, जीना रसाइली, मिलन अमात्य, दुर्गा खरेल र अन्जु पन्त मनोनित छन् । पपुलर छायांकारमा हरि हुमागाइँ, सुसन प्रजापति, संजय लामा, पुरुषोत्तम प्रधान र हरि लामा मनोनीत भएका छन् । पपुलर द्धन्द्ध निर्देशकमा चन्द्र पन्त, हिमाल केसी, रोशन श्रेष्ठ, सूर्य थोकर, अष्ट महर्जन मनोनयन भएका छन् ।
त्यस्तै पपुलर नृत्य निर्देशकमा कविराज गहतराज, रिनशा बान्तवा राई, गम्भिर विष्ट, कमल राई र गोविन्द राई मनोनित छन् । पपुलर सम्पादकमा भने सुरेन्द्र पौडेल, प्रविन श्रेष्ठ, विपिन मल्ल, दीर्घ खड्का र बनिश शाह छन् ।
नव निर्देशकमा प्रवीण श्रेष्ठ (मोक्ष), यादव भट्टराई (झोला), हेमराज विसी (होस्टेल), दीपा बस्नेत (अन्तराल) र अनुप बराल (फिटकिरी) मनोनित छन् ।award-inनवअभिनेतामा अनमोल केसी (होस्टेल), गौरव पहारी (मन्जरी), कोसिस क्षेत्री (मोक्ष), सलोन बस्नेत (होस्टेल) र सुरज सिंह ठकुरी (कर्कश) छन् ।
नव अभिनेत्रीमा मन्जरीबाट सुजाता कोइराला, ऋतुबाट मलिना जोशी, होस्टेलबाट प्रकृति श्रेष्ठ, अन्तरलाबाट अशिष्मा नकर्मी र नाइँ नभन्नु ल २ बाट सुज्ञानी भट्टराई मनोनीत छन् । फेसन डिजाइनर विधामा नीलिमा शर्मा, पुनम गौतम, दुर्गिश थापा, उजाला कपाल र बिना घले, तरुनिका महतो मनोनीत भएका छन् ।
फिल्मको ब्यापर मात्र नभई वर्षभरिमा अन्य कारणले पनि चर्चामा रहेका आधारबाट पपुलर छानिएको आयोजकको भनाई छ । त्यस्तै अवार्ड समारोहमा उत्कृष्ट सिनेमा घरलाई बेस्ट एक्जिविटर  र एक बरिष्ठ ब्यक्तिलाई लाइफटाइम अचिभमेन्ट अवार्ड पनि वितरण गरिनेछ ।
यी मनोनयनमा परेकामध्य एसएमएस र अनलाइन भोटिङमा सर्वाधिक मत पाउनेलाई जेठ २६ मा हुने समारोहमा पुरस्कार वितरण गरिनेछ ।

Namaste Filmy

Read Previous

सफलताको सिँडी उक्लदै गायिका मिङस लामा ।

Read Next

हेर्नुहोस लाउरेको 'ताण्डव' । फस्टलुक रिलिज ।